ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ६० हजार नाघ्यो

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन लाख ६० हजार नाघ्यो सांकेतीक तस्वीर

ब्राजिलमा गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ हजार ४५९ जनाको मृत्यु भएको छ । यससँगै ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन लाख ६१ हजार ८८४ पुगेको छ ।

सोही अवधीमा ७३ हजार ५१३ जनामा कोरोनाको सङक्रमण देखिएको छ । हाल ब्राजिलमा सङ्क्रमितको संख्या १ करोड ३६ लाख ७३ हजार ५०७ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ब्राजिलको साओ पाउलो शहरमा कोरोना भाइरस संक्रमण अधिक फैलिएको छ । यहाँ कोरोना भारइसको माहामारी शुरु भएदेखि हालसम्म २६ लाख ८६ हजार ३१ जना सङ्क्रमित भएका छन् भने ८५ हजार ४७५ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा जनवरी १७ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म तीन करोड २१ लाख ५० हजारले खोप लगाएका छन् ।

ब्राजिलमा गत जनवरीदेखि कोरोनाको नयाँ लहर देखिएसँगै स्वास्थ्य सेवा प्रणालीमा अधिक भार परेको जनाइएको छ ।