भारतमा कोरोना सङ्क्रमणको डरलाग्दो अवस्था, एकैदिन २ लाख बढी संक्रमित

नयाँ दिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १ करोड ४० लाख नाघेको छ । गत २४ घण्टामा २ लाख बढीमा सङ्क्रमण पुष्टि भएसँगै कूल सङ्क्रमितको संख्या १ करोड ४० लाख ७४ हजार पुगेको केन्द्रिय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोना सङ्क्रमण शुृरु भएयता बुधबार पहिलो पटक एकै दिन २ लाख भन्दा बढी संङ्क्रमित भेटिएको हो । मङ्गलबार भने १ लाख ८४ हजारभन्दा बढीमा संक्रमण देखिएको थियो ।
कोरोना सङ्क्रमणबाट बुधबार मात्रै १ हजार ३८ जनाको मृत्यु भएको थियो । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७३ हजार नाघेको छ ।

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भेटिन थालेको छ । बुधबार भने २ लाख बढी सङ्क्रमित भेटिएको हो।

भारतमा १६ जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरुवात भएको थियो । खोप सुरु भएदेखि हालसम्म १० करोड ५० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।