यूएईको शारजाह विमानस्थलमा पीसीआर रिपोर्ट अनिवार्य

शारजाह । यूएईको शारजाह विमानस्थलमा आउने यात्रुले अनिवार्य पीसीआर परिक्षण गराउनुपर्ने भएको छ । कोरोना संक्रमणको जोखिम बढेसँगै आपतकालिन संकट तथा विपत व्यवस्थापन टोलीले यो नियम घोषणा गरेको हो ।
यूएईमा कोरोना संक्रमण बढेसँगै विमानस्थलमा स्वास्थ्य सतर्कता बढाइएको छ । उक्त नियम अनुसार प्रत्येक यात्रुले नेगेटिभ पीसीआर रिपोर्ट पेश गर्नुपर्नेछ । जुन यात्रा गर्नुभन्दा ७२ घण्टा अघि परिक्षण गरेको हुनपर्नेछ । उक्त रिपोर्टको मान्यता भने ९६ घण्टासम्म रहने जनाएको छ ।
यो नियम व्यवस्थापन टोलीले घोषणा गरेको ५ दिनपछि अर्थात १८ अप्रिलबाट मात्रै लागू हुनेछ । यूएई भित्रका यात्रुले मात्र नभई यूएई प्रवेश गर्ने यात्रुले पनि अनिवार्य रुपमा पीसीआर परिक्षण गर्नुपर्नेछ ।
ताजा अपडेट

प्रवास खबर
आजबाट आईपीएल सुरु

प्रवास खबर
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

प्रवास खबर
श्रम स्वीकृति अब स्थानीय तहबाटै

प्रवास खबर
४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए

प्रवास खबर