आज पनि उकालो लाग्यो सुनचाँदीको मूल्य

आज पनि उकालो लाग्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपालमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । बुधबारको तुलनामा सुन तोलामा ३ सयले वृद्धि भई छापावाला सुन प्रति तोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवबारको तुलनामा चाँदी तोलामा ३० रुपैयाँले वृद्धि भइ प्रति तोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७६ हजार ९९० रुपैयाँ , तेजावी सुन ७६ हजार ६०५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार १०६ रुपैयाँमा कारोबार भइरहेको छ ।