नेपालमा १५८ जनामा नयाँ भेरिअन्टस अधिकारी भन्छन्– सावधान नभए ‘काठमाण्डौं सखाप हुने स्थिति उन्मुख’

नेपालमा १५८ जनामा नयाँ भेरिअन्टस अधिकारी भन्छन्– सावधान नभए ‘काठमाण्डौं सखाप हुने स्थिति उन्मुख’

बीबीसी । नेपालमा पछिल्ला दिनमा कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलनुमा यूके भेरिअन्ट मुख्य जिम्मेवार भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

कोरोनाभाइरसको सङ्क्रमण तीव्र गतिमा फैलँदै पछिल्लो २४ घण्टामा ६०३ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।

संसारमा फैलिरहेको यूके भेरिअन्टसहित भारतमा देखा परेको डबल म्युटन्ट भेरिअन्ट पनि यहाँ भेटिएको उनीहरूले बताएका छन्।

यूके भेरिअन्टकै कारण अहिले नेपालमा सङ्क्रमण फेरि तीव्र गतिमा फैलिएको हुनसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले बताएका छन्।

तीमध्ये सबैभन्दा धेरै ३८ जना २१ देखि ३० वर्षका र ३६ जना ३१ देखि ४० वर्षका छन्।

एकदेखि २० वर्षका मानिसहरूमा पनि यो भेरिअन्ट फैलिरहेको पाइएको अधिकारीहरूले बताएका छन्।

हाल विभिन्न देशहरूमा कोरोनाभाइरसका नयाँ प्रकार फेला परिरहेका छन्।

खासगरी यूके, दक्षिण अफ्रिकी र ब्रजिली भेरिअन्ट फेला परेका देशहरूमा सतर्कता बढाइराखिएको बताइएको छ।

भारतमा पनि यी तीनै भेरिअन्ट फेला परेको अधिकारीहरूको भनाइ छ।

त्यसबाहेक भारतमा ुडबल म्युटन्टु अर्थात् दुई पटक उत्परिवर्तित कोरोनाभाइरसको नयाँ प्रकार पनि फेला परेको बताइएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार करिब तीन हप्ता अघि हङ्कङको प्रयोगशालामा छ जना नेपालीमा यूके भेरिअन्ट पुष्टि भएको पत्ता लागेको थियो।

एस–जीन नेगेटिभमध्ये ‘जीन सिक्वेन्सिङ’ गर्दा नयाँ प्रकार पोजेटिभ आएको उनले बीबीसीलाई जानकारी दिए।

एस–नेगेटिभमध्ये ‘७० देखि ८० प्रतिशतमा यूके भेरिअन्ट प्रमाणित भएको’ गौतमको भनाइ छ।

नेपालमा पनि उपकरण आइसकेकाले अब यही ‘जीन सिक्वेन्सिङ’ गर्न सकिने उनले जानकारी दिए।

‘यूके भेरिअन्ट १.६ प्रतिशत बढी सङ्क्रामक छ, यसका लक्षण पनि धेरै छन् र मृत्युदर पनि बढी छ’,गौतमले भने।

‘त्यसै कारण हामीले २१ दिनअघि बाटै यस विषयमा सचेत बनाइरहेका छौँ। मानिसहरू भेलामा गइरहेका छन्, जुलुस गएका छन्, क्रिकेट खेल्ने भन्छन्, रेष्टुराँमा गएका छन्, नाइट क्लब गएका छन् यसले त काठमाण्डौलाई सखाप पार्छ,’ उनले भने।

सर्वसाधारणहरू आफै सचेत हुनुपर्ने र हाल उनीहरूले ‘जस्तो व्यवहार देखाइरहेका छन् त्यसले सरकारलाई लतारेर लकडाउन तर्फ लग्न खोजिरहेको’ उनले बताए।

के यो खतराको घण्टी हो ?

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनका अनुसार पछिल्लो अवस्थामा सर्वसाधारणहरू नै सचेत रहन जरुरी छ।

अझै व्यापक रूपमा तथ्याङ्क उपलब्ध भई नसकेको अवस्थामा थप केही समय हेरेर सरकारले कदम चाल्नुपर्ने र यसबीचमा सर्वसाधारणहरूले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ।

‘यो भाइरस समुदायमा पक्कै पनि छ। तर, रुघाखोकी भन्दै लापरबाही गर्ने गरिएको देखिन्छ। खतराको घण्टी बजेकै हो,’उनले भने, ‘तर आपत्कालीन अवस्था नै आइसकेको भन्ने अवस्था भने छैन।’

यूके भेरिअन्टले छिटै फैलन सक्ने, बालबालिकालाई पनि प्रभाव पार्न सक्ने तर, मृत्यु दर भने कम रहेको विवरणहरू आएको पुन बताउँछन्।

तर, पश्चिमा मुलुकहरू र नेपालको अवस्था फरक रहेकाले ‘भाइरसको हर्कत हुबहु नेपालमा देखिन्छ वा देखिँदैन भने हेर्नुपर्ने’ उनको भनाइ छ।

त्यस्तै भारतमा देखा परेको ‘डबल म्युटेन्ट’ भाइरसबारे अध्ययन भइरहेको र त्यसका व्यापक निचोडहरू साझा भई नसकेको अवस्थामा भारतको अवस्थालाई नजिकबाट नियाल्नुपर्ने उनले बताए।