नेकपा एमाले खनाल–नेपाल समुहद्धारा १३ देशमा समानान्तर समिति गठन

नेकपा एमाले खनाल–नेपाल समुहद्धारा १३ देशमा समानान्तर समिति गठन

काठमाडौं । नेकपा एमाले (झलनाथ माधव समुह) ले विभिन्न देशमा आफ्नो समानान्तर संगठन विस्तार गरेका छन् । भर्चुअल कार्यक्रम मार्फत वरिष्ठ नेता नेपालले अगुवा नेता तथा कार्यकर्ता भेलामा १३ मुलुकमा समानान्तर समितिको घोषणा गरेका हुन् ।

नेकपा एमालेको भातृ संस्था प्रवासी नेपाली मञ्चलाई पुनर्गठन गर्दै झलनाथ माधव समुहले आफ्नो पक्षको समिति घोषणा गरेका थिए । भेलामा प्रवासी नेपाली मञ्च जर्मनीमा कृष्ण देवकोटा, स्वीजरल्याण्डमा संजय मुडभरी, युकेस्थित राजेन्द्र पुडासैनीलाई अध्यक्षको जीम्मेवारी दिइएको छ । प्रवासी नेपाली मञ्च युके (नेपाल समुह) का अध्यक्ष राजेन्द्र पुडासैनीले बताए ।

यसैगरी बेल्जियाममा अर्जुन दाहाल, रुसमा डा.मन मुर्ति भुर्तेल, स्वीडेनमा प्रेम गौतम, साइप्रसमा चिन्तन बुढा मगर, नर्बेमा पशुपति प्रसाद भण्डारी, आयरल्याण्डमा राजन काफ्ले, पोल्याण्डमा टंक कटुवाल, फिनल्याण्डमा मनोज भुसाल र पोर्तुगलमा रोबोट लिम्बुले अध्यक्षको जीम्मेवारी पाएका छन् ।

भेलामा नेकपा एमालेका वरिष्ठ नेता उपाध्यक्ष भीम रावल, रामकुमारी झाँक्री लगायतले सम्बोधन गरेका थिए ।