एनआरएनए म्यासाचुसेट्स च्याप्टरमा क–कस्ले दिँदैछन् उमेद्वारी ?

एनआरएनए म्यासाचुसेट्स च्याप्टरमा क–कस्ले दिँदैछन् उमेद्वारी ?

बोस्टन । यतिखेर विश्वभरका गैर आवासीय नेपाली संघ (एनआरएनए) २०२१ – २०२३ कार्यकालका लागि चूनावी तयारीमा छन् । अमेरिकास्थित नेपाली समाज पनि एनआरएनए निर्वाचनको चटारो छ । नयाँ कार्यकाल २०२१–२०२३ का लागि विभिन्न राज्यहरुबाट एनसीसी बोर्ड र च्याप्टरका पदमा धमाधम उम्मेदवारी घोषणा भइरहेको एनआरएनए अमेरिकाले जनाएको छ ।

मतदाता संख्या हेर्ने हो भने म्यासाचुसेटस् राज्य छैटौं स्थानमा पर्ने भएकोले यो राज्यमा चुनावी चहल पहल बढ्नु स्वभाविक नै हो । पटक त्यस राज्यबाट एनआरएनए अमेरिकाको एनसीपी बोर्ड अफ डाइरेक्टर पदका लागि सुरेश वाले र रन्जन थापाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

हालसम्म म्यासाचुसेटस् च्याप्टर अध्यक्षमा चन्द्र देवमंडल र प्रेम तामाङले उम्मेदवारी घोषणा गरेका छन् भने बाँकी पदहरुमा एकल उम्मेदवारी मात्रै घोषणा भएको छ ।
च्याप्टर अध्यक्षमा हरि प्रसाद काफ्लेको चर्चा धेरै पहिलेदेखि सुनिए पनि अहिलेसम्म उनले उम्मेदवारी घोषणा गरेका छैनन् ।

उनले चन्द्र देव मंडललाई आफ्नो टीमबाट उपाध्यक्षको प्रस्ताव गरेको तर मंडलले अध्यक्षकोउम्मेदवारी यथावतै रहेको प्रष्टीकरण फेसवुक मार्फत गरेका छन् ।

को को हुन् त एनआरएनए अमेरिका म्यासाचुसेटस् च्याप्टरको विभिन्न पदहरुमा आगामी कार्यकाल २०२१(२०२३ का लागि उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरु ?

प्रेम तामाङ,उम्मेदवार च्याप्टर अध्यक्ष


सन् २०२१–२०२३ कार्यकालका लागि एनआरएन म्यासाचुसेटस् च्याप्टरको अध्यक्षमा प्रेम तामाङले उम्मेद्वारी घोषणा गरेका छन् । नेपालस्थित काभ्रेपलान्चोक जिल्लामा स्थायी घर भएका तामाङ विगत दुई दशक भन्दा बढी समयदेखि बोस्टन म्यासाचुसेट्समा बस्दै आएका छन् । पृष्ठभूमि खेलकुद भएको उनी किक बक्सिगं र सितरियो करांतेमा आबद्ध छन् । तामाङले सन् १९९४ को नेशनल च्याम्पियनसिप उपाधी समेत जीतेका थिए।

अमेरिकास्थित नेपाली संघ संस्थाहरु ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी) तामाङ सोसाइटी अफ अमेरिका र बोस्टन तामाङ समाजबाट समाजिक कार्य सुरु गरेका तामाङले जिबिएनसी र बोस्टन तामाङ समाजको नेतृत्व गर्दै अहिले एनआरएन म्यासाचुसेट्सको अध्यक्षरहेका छन् ।

उनले केहि वर्ष यूस ओपन च्याम्पियनशिपका प्रतिस्पर्धाहरुमा कहिले रेफ्री त कहिले प्रतिस्पर्धी भएर पुनः खेलकूदमा सहभागीता जनाएका थिए । फ्लोरिडामा सम्पन्न सन् २०१२ को यूस नेशनल च्याम्पियनशिपमा स्वर्ण पदक समेत प्राप्त गरेका थिए ।
केहि बर्ष सामाजिक कार्यमा प्यासिभ देखिए पनि कतै न कतै उनको व्यस्तता देखिन्थ्यो । तिनै समाजिक कार्यको पुरानै लिगेसीले उनलाई सन् २०१९–२०२१ कार्यकालका लागि एनआरएन म्यासाचुसेटस् च्याप्टरको अध्यक्षमा बिजेता गरायो।

उनको नेतृत्वमा न् २०१९ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टनको संयुक्त आयोजनामा गैर आवासीय नेपाली संघ (एनआरएनए) को प्रथम अन्तर्राष्ट्रिय नेपाली भाषा तथा साहित्य सम्मेलन आयोजना गरेका थिए ।

चन्द्र देव मंडल,उम्मेदवार च्याप्टर अध्यक्ष

सन् २०२१–२०२३ कार्य कालका लागि एनआरएन म्यासाचुसेटस् च्याप्टरको अध्यक्षमा चन्द्र देव मंडलले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । नेपालस्थित स्थायी घर सप्तरी जिल्ला रहेको मंडल डेढ दशकदेखि बोस्टन म्यासाचुसेटसमा बस्दै आएका छन् । मंडल बोस्टनको स्थानीय संस्थाहरु जिबिएनसी र पशुपतिनाथ एण्ड बुद्ध फाउन्डेशन अफ न्यू ईगंल्याण्डमा आबद्ध छन् ।

उनी अघिल्लो पटकको निर्वाचनमा च्याप्टर कोषाध्यक्षमा पराजित भएका थिए ।

खुम(राजु) गुरुङ, च्याप्टर उपाध्यक्ष

नेपालघर लमजुङ भएका खुम गुरुङ करीब एक दशकदेखि बोस्टन म्यासाचुसेटसमा बस्दै आएका छन् । तमु समाज बोस्टनमा आवद्ध गुरुङ एनआरएन म्यासाचुसेटस च्याप्टरको वर्तमान युवा संयोजक हुन् । आगामी चूनावका लागि उनले उपाध्यक्षका लागि उमेद्वारी दिएका छन् ।

प्रचण्ड श्रेष्ट,उम्मेदवार सचिव

गोर्खा स्थायी घर भइ विगत एक दशक देखि बोस्टन म्यासाचुसेटस् बस्दै आएका प्रचण्ड श्रेष्ट पेशाले व्यवसायी हुन् ।
उनले आगामी कार्यकालका लागि एनआरएनए म्यासाचुसेटस च्याप्टरमा सचिवमा उमेद्वारी दिएका छन् । नेपालमा बनेको नेपाली हेन्डीक्राफ्टका सामान अमेरिकामा लागि बिक्रि गर्ने काम गर्दै आइरहेका छन् । साथै आएमई मार्फत मनि ट्रान्फर सेवा पनि दिंदै आएका छन् ।

सलोनी भण्डारी,उम्मेदवार सह–सचिव

पेशाले स्थेटिसियन सलोनी करीब एक दशकदेखि बोस्टन, म्यासाचुसेटसमा बस्दै आएकी छिन् । उनले आगामी चूनावका लागि च्याप्टर सह सचिवमा उमेद्वारी दिएकी छिन् । उनले बोस्टनको स्थानीय संघ–संस्थाहरुले आयोजना गरेका कार्यक्रमहरुमा सहयोग गर्दै आइरहेकी छिन् ।

अजय कुसवाह, उम्मेदवार कोषाध्यक्ष

आठ बर्षदेखि बोस्टन म्यासाचुसेटस बस्दै आएका अजय कुसवाह, नेपालस्थित बिरगंजका हुन् । बोस्टनको स्थानीय संघ–संस्थाको कार्यक्रममा सहभागी हुंदै जिबिएनसीबाट सामाजिक कार्य थालेका अजय एनआरएन एम्यासाचुसेटसको अघिल्लो निर्वाचनमा उपाध्यक्षमा पराजित भएका थिए । हाल जिबिएनसीका सह–कोषाध्यक्ष अजयले यसपटक एनआरएनए म्यासाचुसेटस् च्याप्टरको कोषाध्यक्ष पदका लागि उमेद्वारी दिएका छन् ।

अन्जु थापा, उम्मेदवार महिला संयोजक

विगत दुई दशकदेखि बोस्टन म्यासाचुसेटस् बस्दै आएकी अन्जु थापाको स्थायी घर नेपालस्थित बिराटनगर हो । सामाजिक कार्यमा रुचि राख्ने थापा नेपाली महिला बिश्व संजाल (एनडब्ल्युजिएन) र बोस्टन सप्ताह हुंदै हाल पशुपतिनाथ बौद्ध फाउन्डेशनको बोर्ड अफ डाइरेक्टर र ग्रेटर बोस्टन नेपाली कम्युनिटी (जिबिएनसी) को उपाध्यक्ष हुन् । साथै हरितालिका तीज लगायत नेपाली धर्म र संस्कृतिसम्बन्धी कार्यक्रममा सहयोग पुरयाउंदै आएकी छिन् ।

थापाले एनआरएनए अमेरिका बोष्टन च्याप्टरको आगामी कार्यकालका लागि महिला संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छिन् ।

मुकुन्द पोख्रेल, उम्मेदवार युवा संयोजक

स्थायी घर नेपालस्थित भैरहवा रहेका मुकुन्द पोख्रेललाई बोस्टनको नेपाली समाजमा “डिजे मुकुन्द” भनेर चिनिन्छ ।
संस्थागत र व्यक्तिगत थुप्रै सांस्कृतिक कार्यक्रमहरुमा डिजे चलाएर चर्चामा आएका पोख्रेलले केहि बर्षहरुमा नयां बर्ष र प्रेम दिवसको अवसरमा डिजेसहितको कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । यति मात्रै होइन, उनी क्रिकेट र फुटबल प्रेमी पनि हुन् । खेलहरु बोस्टनकोनेपाली युवाहरु माझ आयोजना गर्दै आइरहेका छन् ।

बोस्टनको नेपाली युवामाझ लोकप्रिय डिजे मुकुन्दले एनआरएनए अमेरिका बोष्टन च्याप्टरको आगामी कार्यकाल २०२१–२०२३ का लागि युवा संयोजकमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

शिव राज मिश्र,बोर्ड अफ डाइरेक्टर

तनहुँको भानु नगरपालिका वडा न १ भन्सारका शिवराज मिश्र दुइ दशकदेखि बोष्टनको एभरेट सिटीमा बस्दै आएका छन् । अमेरिका बसाईमा उनले जिबिएनसी र पशुपतिनाथ बुद्ध फाउन्डेसन लगायतका स्थानीय संघ–संस्थाहरुमा जोडिएर सामाजिक कार्य गर्दै आइरहेका छन् । विशेषगरी भिडियोग्राफीमा रुचि राख्ने मिश्रले एनआरएनए अमेरिकाको बोष्टन च्याप्टरको आगामी कार्यकालका लागि बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

कृष्ण महत, उम्मेदवार बोर्ड अफ डाइरेक्टर

दुई दशकभन्दा बढी समयदेखि म्यासाचुसेटसमा काम गर्दै आएका कृष्ण महतको स्थायी नेपाल घर दोलखा हो ।
उनले नेपाली धार्मिक, सांस्कृतिक, सामाजिक र सामुदायिक कार्यक्रमहरुमा सहभागी भइ आफुले सक्ने सहयोग गर्दै आइरहेका छन् । महतले आगामी कार्यकालका लागि बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

समुन्द्र श्रेष्ट, उम्मेदवार बोर्ड अफ डाइरेक्टर

काठमाण्डौको सितापाइला स्थायी घर भएका समुन्द्र श्रेष्ट सन् २००३ मा अमेरिका आएका थिए । करीब दुई दशक लामो बोस्टन म्यासाचुसेटस्बसाइमा विभिन्न संघ संस्थाहरुको कार्यक्रमहरुमा सहभागी हुंदै सन २०२१(२०२३ कार्य कालका लागि एनआरएनए म्यासाचुसेटस् च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गरेका छन्।

रुपक अधिकारी, उम्मेदवार बोर्ड अफ डाइरेक्टर

नुवाकोट स्थायी घर भएका रुपक अधिकारी करीब चार वषैदेखि बोस्टन म्यासाचुसेटस् बस्दै आइरहेका छन् । बोस्टनबसाइको छोटो अवधिमा अधिकारी जिबिएनसी र बोस्टन मेट्रो वेस्ट नेपाली कम्युनिटीसंग आवद्ध भएका छन् । उनले सन २०२१–२०२३ को कार्य कालका लागि एनआरएनए म्यासाचुसेटस् च्याप्टरको बोर्डअफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

अन्जना घले, उम्मेदवार बोर्ड अफ डाइरेक्टर

मनाङ स्थायी घर भएकी अन्जना घले सन् २०१६ देखि बोस्टन म्यासाचुसेटस् बस्दै आएकी छिन् ।करीब पाँच बर्षको बसाइमा नेपाली कम्युनिटीले आयोजना गरेका थुप्रै सामाजिक कार्यक्रमहरुमा सहयोग गर्दै र सहभागी हुंदै आएकी छिन्। उनले सन २०२१–२०२३ को कार्यकालका लागि एनआरएनए म्यासाचुसेटस् च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गरेकी छिन् ।

प्रमिला धमला बन्जारा, उम्मेदवार बोर्ड अफ डाइरेक्टर


धादिङ स्थायी घर भएकी प्रमिला धमला बन्जारा विगत एक दशक देखि बोस्टन म्यासाचुसेटस् बस्दै आएकी छिन् । नेपाली कम्युनिटीले आयोजना गरेका थुप्रै सामाजिक कार्यक्रमहरुमा सहयोग गर्दै र सहभागी हुंदै आएकी प्रमिलाले सन २०२१–२०२३ को कार्यकालका लागि एनआरएनए म्यासाचुसेटस् च्याप्टरको बोर्ड अफ डाइरेक्टर पदमा उम्मेदवारी घोषणा गरेकी छिन्।