नेपाली नयाँ वर्षको अवसरमा अष्ट्रेलियाली प्रधानमन्त्रीको शुभकामना

सिड्नी । नेपाली नयाँ वर्ष २०७८ को अवसरमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शुभकामना सन्देश दिएका छन्।
मोरिसनले अष्ट्रेलियामा बस्दै आएका र नेपाली नयाँ वर्ष मनाउने विश्वका सम्पूर्ण नेपालीका लागि शुभकामना सन्देश दिएका हुन् ।
नयाँ वर्षको पहिलो दिन नेपालीहरुसँगै बसेर मनाउने गरेको उनले बताएका छन् । उनले जारी गरेको सन्देशमा नयाँ वर्षको पहिलो दिनलाई विगतका कार्यलाई समिक्षा गर्न र भविष्यमा गरिने कामको योजना बाँड्ने अवसरको रुपमा उल्लेख छ।
नेपालीले आफ्नो नयाँ वर्ष मनाउँदै गर्दा आफूहरुले नेपाली सँस्कृतिको विविध पक्षबारे अनुभव गर्ने अवसर पाएको मोरिसले बताए । साथै नेपाली समुदायले यो छुट्टी मनाउँदै गर्दा सबैलाई सम्बृद्ध बनाउन मदत गरेको उनको भनाई छ।
सन्देश पत्रमा लेखिएको छ,‘अष्ट्रेलियामा कोभिड महामारीको समय बहु–साँस्कृतिक समुदायले राम्रो नेतृत्व गर्नुका साथै सहयोग, शक्ति र स्रोतमा आफूलाई प्रस्तुत गरेका छन् । त्यो शक्ति अष्ट्रेलियालाई आफ्नो घर बनाएर बसेका नेपाली पृष्ठभूमिका मानिसहरुको योगदान पनि हो ।’
उनले भनेका छन्,‘ विश्वव्यापी महामारीबाट बाहिर निस्किदै गर्दा सबै एक जुट भएर उज्वल भविष्य निर्माणमा लाग्नेछौं, जुन अष्ट्रेलियाको लागि मात्रै नभई विश्वको लागि हुनेछ ।’
मोरिसले आगामी दिनहरु अझ सुखद रहने भन्दै अष्ट्रेलियामा रहेका नेपाली समुदायमा सुख, शान्ति र सुरक्षित नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन्।
ताजा अपडेट
