मस्कटस्थित नेपाली दूतावासले हप्तामा २५ घण्टा मात्रै सेवा दिने

मस्कटस्थित नेपाली दूतावासले हप्तामा २५ घण्टा मात्रै सेवा दिने

मस्कट । इस्लामिक धर्मावलम्बीहरुको पवित्र पर्व रमजानलाई मध्यनजर गर्दै ओमनस्थित नेपाली दूतावासले कार्यालय खोल्ने समय परिवर्तन गरेको छ ।

दूतावासका अनुसार प्रत्येक आइतबारदेखि विहिबारका दिन  बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय खुल्ला रहनेछ । सेवाग्राहीले रमजानअवधिभर दूतावासले तोकेको नयाँ समय अनुसार सेवा लिन सक्नेछन् ।