सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपालमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा तोलामा १ सय रुपैयाँले घटेर छावापाल सुन प्रति तोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७६ हजार ७३० रुपैयाँ, तेजावी सुन ७६ हजार ३४५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार ८० रुपैयाँ मूल्य कायम गरेको छ ।