एनआरएनए बेल्जियमको अधिवेशन १८ जुलाइमा

एनआरएनए बेल्जियमको अधिवेशन १८ जुलाइमा

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) बेल्जियमको अधिवेश १८ जुलाइमा हुने भएको छ ।

संघका अध्यक्ष चित्र सुवेदीको अध्यक्षता तथा युरोप क्षेत्रीय संयोजक नारायण आचार्यको उपस्थितिमा बसेको भर्चुअल बैठकले अधिवेशनको मिति तय गरेको हो।

अधिवेशन सम्बन्धी अन्य समितीहरु आवश्यकता अनुसार आइसीसीको परिपत्र अनुरुप गठन गरिने महासचिव तिर्थराज धमलाले जानकारी दिएका छन्।

आइसीसीले तोकेको मापदण्ड अनुसार एमआइएस सिस्टमबाट पंजीकृत सदस्यताको आह्वान गरिएको उनले बताए ।

पञ्जीकृत सदस्यताको लागि १७ जुनसम्म आवेदन दिन सकिनेछ ।