भारत हुँदै तेस्रो मुलुकमा मानव तस्करी बढेपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइयो

भारत हुँदै तेस्रो मुलुकमा मानव तस्करी बढेपछि प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराइयो

नयाँदिल्ली । पछिल्लो समय वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपालीलाई भारत हुँदै तेस्रो मुलुक पुर्‍याउने क्रम बढेपछि प्रवासी नेपाली संघ भारतले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानआकर्षण गराएको छ। संघका भारत प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई भेटेर यो विषयमा ध्यानकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा प्रवासी नेपालीले भोग्नु परेका कठिनाइ पनि समावेश गरिएको छ।

केन्द्रिय अध्यक्ष लोकनाथ भण्डारीको नेतृत्वमा गरिएको भेटवार्तामा नेपाल–भारतबीचको सीमा नाकाबाट नेपाली महिला, बालबालिका भारत लगायत तेस्रो मुलुकमा गरिने बेचबिखन, हत्या, हिँसा, बलात्कारलगायतका विषयमा विशेष छलफल गरिएको संघले जनाएको छ।

यसैगरी प्रवासी नेपाली कार्यरत देशबाटै मातृभूमीमा हुने निर्वाचनमा मतदान गर्न पाउने अधिकारलाई कार्यन्वयन गर्न  समेत  संघले माग राखेको छ। प्रवासी नेपालीले आर्जेको पूँजी , प्रविधि ,सीप र ज्ञानलाई प्राथमिकता र सुविधासहित राष्ट्र निर्माणमा जोड्ने अवसरको सिर्जना गरिदिन पनि संघले सरकार समक्ष माग राखेकाे छ ।

नेपाल सरकारले आफ्नो नक्सामा प्रकाशित गरेको भारतद्वारा अतिक्रमित गरिएको कालापानी ,लिपुलेख र लिम्पियाधुराको नेपाली भूमिला नेपाल सरकारद्वारा दुई देशबीच कुटनैतिक तहको वार्ता गर्दै उक्त भूमि फिर्ता गरियोस भन्ने माग पनि ज्ञापनपत्रमा समावेस गरिएको संघले जनाएको छ।

संघले उपप्रधानमन्त्री ईश्वर पोखरेल , अर्थमन्त्री बिष्णु पौडेल , उर्जामन्त्रि टोप बहादुर रायमाझी समक्ष पनि मागपत्र पेश गरेको थियो।

 



No ads found for this position