पोर्चुगलमा गुरुङको मृत्यु

पोर्चुगलमा गुरुङको मृत्यु

पोर्चुगल । पोर्चुगलमा कार्यरत एक नेपालीको मृत्यु भएको छ । स्वास्थ्य अवस्था खराब भएपछि पोर्चुगलको एक अस्पतालमा उपचाररत सुर्य गुरुङको मृत्यु भएको गैर आवासीय नेपाली संघ (एनआरएनए)पोर्चुगलले जनाएको छ ।

गुरुङ रोजगारीको सिलसिलामा माल्टा हुँदै १० महिना अघि पोर्चुगल पुगेका थिए । स्थायी घर चितवन भएका २९ बर्षिय गुरुङ पोर्चुगलको भिला नोभा दि मिल्फन्तोसमा बस्दै आएका थिए ।