मलेसियामा संगठित गिरोहद्धारा अध्यागमन विभागको सिस्टम ह्याक, हजारौँ नक्कली भिसा जारी

मलेसियामा संगठित गिरोहद्धारा अध्यागमन विभागको सिस्टम ह्याक, हजारौँ नक्कली भिसा जारी

क्ववलाम्पुर । मलेसियामा संगठित अपराधिक गिरोहले अध्यागमन विभागको सिस्टम नै ह्याक गरेर हजारौँ नक्कली भिसा जारी गरेको खुलेको छ । एन्टी करप्सन कमिसन (एमसीसी) ले अध्यागमन विभागको सिस्टम ह्याक गरी नक्कली अस्थायी कामको अनुमति पत्र जारी गरेको आरोपमा एउटा गिरोहलाई नियन्त्रणमा लिइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

एमसीसीले ५ अप्रिलमा विभागको सहयोगमा क्वालालम्पुरको विभिन्न स्थानबाट एक ‘दातुक’ नामक संस्था र पाँच जनालाई नियन्त्रणमा लिएको हो । जसले विभागको सिस्टम ह्याक गरेर नक्कली अनुमति पत्र जारी गर्दै आइरहेको बताइएको छ।

उनीहरुले ह्याक गरेको सिस्टममा आन्तरिक आप्रवासीसँग सम्बन्धित सबै डाटा समेटिएको थियो । सो समूहले ट्रान्समिटर इन्सटल गरी सिस्टम ह्याक गरेको बताइएको छ।

स्रोतका अनुसार सिस्टम ह्याक गर्ने समूहले आप्रवासी अधिकारीहरुको पासवर्ड परिवर्तन गरी अस्थायी काम अनुमतिको स्टिकर समेत प्रिन्ट गर्ने गरेको थियो । उक्त समूहले एउटा  भिसाकाे स्टिकर वापत ६ हजार आरएमदेखि ८ हजार आरएमसम्म लिने गरेको थियो । सिस्टम ह्याम भएदेखि हजारौं स्टिकरको दुरुपयोग भएको जनाएको छ।

स्रोतका अनुसार विभागको सिस्टम ह्याक भइ राजश्व चुहावट र सुरक्षा प्रणालीमा भ्रष्टाचार भएको कुराबारे संसदमा छलफल भएको थियो।

एमसीसी प्रमुख दातुक सेरी अमजान बाकीका अनुसार,यस समूहको बारेमा पत्ता लगाउन गोप्य रुपमा ठूला होटलहरुमा सुरक्षाकर्मी खटाइएको थियो।

विभिन्न स्थानमा गरिएको अनुगमनमा क्लोनिंग प्रणाली र दुईवटा ट्रान्समिटरसहित थुप्रै कम्प्युटर बरामद गरिएको उनले बताए।