जापानलाई कर्मथलो बनाएका सोनुले ल्याए लोक दोहोरी गीत ‘मुटु बैना’ (भिडियो सहित)

जापानलाई कर्मथलो बनाएका सोनुले ल्याए लोक दोहोरी गीत ‘मुटु बैना’ (भिडियो सहित)

टोकियो । एकपछि अर्को लोकप्रिय लोक दोहोरी गीत सार्वजनिक गर्ने क्रममा गायक प्रेम सापकोटा सोनुले‘मुटु बैना’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गायक सोनुले लोकप्रिय गायिका रचना रिमालको स्वर समेटेर लोक दोहोरी गीत मुटु बैना’ मंगलबार सार्वजनिक गरेका हुन् ।

प्रेमिल जोडीको संवाद समेटिएको गीतमा उत्कृष्ट अभिनय अर्जुन सापकोटा र अन्जली अधिकारीले गरेका छन् ।

म्यूजिक भिडियो प्रेम सापकोटाको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

गीतमा शब्द र संगीत आयन न्यौपानेले भरेका हुन् । भिडियो निर्देशन स्मिृती तिमल्सिनाको रहेको छ ।

गायक सोनुले यसअघि हुक्का, गुन, बरमाला, भाईटिका, पिरै मात्र पर्छ, दशैं खर्च, सेलरोटी पकाउनी, जाले रुमाललगायत दुई दर्जन बढी लोक तथा दोहोरी गीत ल्याइसकेका छन् ।

जापानलाई कर्मथलो बनाउँदै आएका सापकोटा नेपाली लोक गीत संगितमा सक्रिय रहँदै आएका छन् ।