भारतमा भयावह बन्दै कोरोना : एकै दिन एक लाख ४५ हजार संक्रमित

भारतमा भयावह बन्दै कोरोना : एकै दिन एक लाख ४५ हजार संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै डेढ लाख संक्रमित भएका छन् ।

यो संख्या कोरोनाभाइरस महामारी सुरु भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन्।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ४५ हजार ३८४ जना संक्रमित भएका हुन् ।

यसअघि अघिल्लो एकै दिनमा एक करोड ३२ लाख पाँच हजार ९२६ जना कोरोनाभाइरसबाट संक्रमित भएका थिए।

सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभरी कुल ७९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दश लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।

शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोनाभाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोनाभाइरस मुक्त भएकाहरुको सङ्ख्या एक करोड १९ लाख ९० हजार ८५९ रहेको छ।



No ads found for this position