कुवेतमा लकडाउन खुकुलो बनाइने

कुवेतमा लकडाउन खुकुलो बनाइने कुवेत सिटी

कुवेत । कुवेत सरकारले मुस्लिम समुदायको पवित्र महिना रमदानको अवसरमा जारी लकडाउनलाई केही खुकुलो बनाउने भएको छ । यहाँको सरकारले रमदानको विशेष १० दिनलाई मध्यनजर गर्दै २ हप्ताको लागि लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ ।

जसअनुसार ८ अप्रिलबाट बेलुकी ७ बजेदेखि विहान ५ बजेसम्म लकडाउन खुकुलो हुने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यो समय २ हप्तासम्म रहनेछ । सरकारले यो समय अवधिमा स्वास्थ्य अवस्थालाई मूल्याङकन गर्नेछ । यदि कोभिड –१९ बाट मृत्यु हुनेको संख्यामा वृद्धि भएन भने ठाउँ हेरी लकडाउन गरिनेछ । यदि पूर्ण लकडाउन लागू गर्नु परेमा २२ अप्रिल अथवा इद–अल–फितरपछि मात्रै लागू गरिनेछ ।

रमदानको पहिलो दिन यहाँका नागरिकलाई बेलुकी ७ बजेदेखि १० बजेसम्म आफन्तसँग भेटघाटको लागि हिँडडूल गर्न दिइनेछ । खाना डेलीभरी गर्नेलाई भने बेलुका ५ बजेदेखि बिहान ३ बजेसम्म अनुमति दिइनेछ । मानिसहरुलाई बजार जानको लागि भने बेलुकी ७ बजेदेखि मध्यराति १२ बजेसम्मको समय अवधि तोकिएको छ ।

प्रार्थना गर्नेहरुलाई भने उनीहरुको समय अनुरुप नै जान दिइनेछ । तर, कुनैपनि ट्रान्समिसनको प्रयोग गर्न पाइने छैन् । धार्मिक गुरुहरुले भने अनिवार्य रुपमा कोरोना खोप लिनु पर्ने र पीसीआर परिक्षण गराउनु पर्नेछ ।