एकै दिन १ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

एकै दिन १ हजारले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

कठमाडौं । नेपालमा आज सुनचाँदीको मूल्य बृद्धि भएको छ । बुधबारको तुलनामा सुन तोलको एक हजार रुपैयाँले बृद्धि भइ छापावाला सुन प्रति तोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवारको तुलनामा चाँदी तोलामा १५ रुपैयाँले वृद्धि भइ प्रति तोला १ हजार २६० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७६ हजार ३०५ रुपैयाँ, तेजावी सुन ७५ हजार ९२० रुपैयाँ र चाँदी प्रति तोला १ हजार ८० रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।