१ किलो बराबरको सुन राइस कुकरमा लुकाएर ल्याउने महरा पक्राउ

१ किलो बराबरको सुन राइस कुकरमा लुकाएर ल्याउने महरा पक्राउ

काठमाडौं । मंगलबार राति त्रिभुवन विमानस्थलबाट राइस कुकरमा सुन लुकाएर ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार करिब ८८४.४५० ग्राम सुन राइस कुकरमा लुकाएर ल्याएको अवस्थामा धनुषाका प्रकाश महरालाई पक्राउ गरिएको हो । उनले ५० ग्रामको बाला भने हातमा लगाएका थिए ।

फ्लाई दुवई एयरलाईन्सको उडान मार्फत काठमाडौं आइपुगेका महराको सामानको तौल जाँच्ने क्रममा राइसकुकुरभित्र सुन राखिएको भेटिएको प्रहरीले जनाएको छ ।

उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।