एकै दिन सुन तोलामा ५ सयले बढ्यो, कति छ आजको बजार मूल्य ?

एकै दिन सुन तोलामा ५ सयले बढ्यो, कति छ आजको बजार मूल्य ?

काठमाडौं । नेपालमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । मंगलबारको तुलनामा सुन तोलामा ५ सय रुपैयाँले बृद्धि भइ छापावाला सुन प्रति तोला ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । साथै तेजावी सुन प्रति तोला ८७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारको तुलनामा चाँदी प्रति तोला १० रुपैयाँले बृद्धि भइ १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७५ हजार ४४५ रुपैयाँ, तेजावी सुन ७५ हजार ६० रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार ६७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।