विदेशी नागरिकलाई ओमन प्रवेशमा पुन: प्रतिबन्ध

विदेशी नागरिकलाई ओमन प्रवेशमा पुन: प्रतिबन्ध

मस्कट । ओमनले विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा फेरि प्रतिबन्ध लगाएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम, नियन्त्रण तथा उपचार सम्बन्धी ओमनको उच्च स्तरीय समितिको सोमबार बसेको बैठकले ८ अप्रिल बिहीबारदेखि विदेशी विदेशी नागरिकलाई ओमन प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

कोरोनाभाइरसको महामारी थप फैलिने डरले समितिले प्रतिवन्धात्मक व्यवस्थाहरुलाई अहिले थप कडाइ गरेको छ।

यस्ता छन् सोमबारका बैठकका निणर्यहरु

१‍. सम्पूर्ण व्यापारिक गतिविधिहरू साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म बन्द राख्ने यस अघिको निर्णय यथावत राख्दै उक्त समयमा मानिस तथा सवारी साधनहरूको आवतजावतमा लगाएको प्रतिबन्ध ८ अप्रिल देखि लागु हुने गरी खारेज गरेको।
२. ईस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवधिभर लागू हुने गरी साँझ ९ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण व्यापारिक गतिविधि तथा सवारी साधन र मानिसहरूको आवतजावतमा प्रतिबन्ध लगाएको।
३. मस्जिदहरूमा जम्मा भएर गरिने प्रार्थनामा प्रतिबन्ध लगाएको।
४. मस्जिद लगायतका अन्य सार्वजनिक स्थलहरूमा जम्मा हुन तथा भेला गर्न प्रतिबन्ध लगाएको।
५. रमादानको अवधिभर सामाजिक तथा साँस्कृतिक कार्यक्रम, खेलकुदलगायत सम्पूर्ण सामूहिक गतिविधिहरू गर्न प्रतिबन्ध लगाएको।
६. ८ अप्रिल २०२१, बिहीबार मध्यान्न १२ बजेदेखि लागू हुने गरी ओमनी नागरिक तथा ओमनको आवासीय कार्ड वाहकहरूलाई मात्र ओमान प्रवेश खुला राखि अन्य विदेशी नागरिकलाई ओमान प्रवेशमा प्रतिबन्ध लगाएको।
श्रोत:नेपाली राजदूतावास, मस्कट