सुनको भाउ बढ्यो चाँदीको स्थिर

सुनको भाउ बढ्यो चाँदीको स्थिर

काठमाडौं । नेपालमा आज सुनको भाउ बढेको छ । सोमबारको तुलनामा सुन तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला ८७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै तेजावी सुन प्रति तोला ८७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी चाँदी प्रति तोला १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम ७५ हजार २० रुपैयाँ, तेजावी सुन ७४ हजार ६३५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार ५९ रुपैयाँ मूल्य कायम गरेको छ ।