फेरी बढ्न थाल्यो नेपालमा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज एकैदिन २ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५३६ जनाको पीसीआर परिक्षण गर्दा २ सय ६६ संक्रमित भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार,आज थपिएको संक्रमितको संख्यासहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । पछिल्लो २४ घण्टामा १०२ जना कोरोना मुक्त भएसँगै निको हुनेको संख्या २ लाख ७३ हजार ३४२ पुगेको छ । हाल १ हजार ६७२ संक्रमित उपचारको क्रममा रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ जना पुगेको छ ।