एनआरएनए स्पेनको अधिवेशन २५ जुलाइमा

एनआरएनए स्पेनको अधिवेशन २५ जुलाइमा

स्पेन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वयन परिषद्  (एनआरएनए/एनसीसी) स्पेनको अधिवेशन जुलाइमा हुने भएको छ । एनआरएनए स्पेनको विशेष बैठकले २५  जुलाइमा अधिवेशन गर्ने निर्णय गरेको हो ।

एनआरएनए आइसीसीले एनसीसीलाई  जुलाइ महिनाभित्र अधिवेशन गर्न निर्देशन जारी गरेको थियो । सोही अनुुरुप एनआरएनए स्पेनले २५ जुलाइमा अधिवेशन गर्ने निर्णय गरेको संघका प्रवक्ता सुन्दर रानाभाटले बताए।

संघको विधान अनुरुप राष्ट्रिय समन्वयन परिषदको अधिवेशनभन्दा १ महिना अगावै क्षेत्रीय समितिको अधिवेशन गर्नुपर्ने नियम रहेको छ । यस अनुरुप क्षेत्रीय समितिलाई जुन महिनाभित्र सम्बन्धीत क्षेत्रीय समितिको अधिवेशन गर्न निर्देशनात्मक पत्राचार गर्ने निर्णय गरेको संघले जनाएको छ ।

भर्चुअल माध्यमबाट भएको उक्त बैठकमा संघका अध्यक्ष दिनेश गुरुङ, कार्यसमितिका पदाधिकारी तथा समदस्यहरुको उपस्थिति थियो । साथै युरोप उप संयोजक मुक्त बहादुर गुरुङ, एनआरएनए स्पेनका क्षेत्रीय समितिका सम्पूर्ण अध्यक्ष, सचिव एवम सदस्यहरुको समेत उपस्थिति रहेको थियो ।

बैठकले अधिवेशनको मिति तय गरेसँगै एमआइएस प्रणालीमार्फत पञ्जिकृत सदस्यता वितरण गर्ने निर्णय गरेको छ । एनआरएनए स्पेनको सदस्यता जारी गर्न भने १० युरो लाग्नेछ । सदस्याता प्रमाणिकरणका लागि राष्ट्रिय समन्वयन परिषद् स्पेन र प्रत्येक क्षेत्रीय समितिका सम्बन्धित व्यक्तिका नाम अनुमतिका लागि केन्द्रमा पठाउने निर्णय गरेको प्रवक्ता रानाभाटले बताए ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद स्पेन :
अध्यक्ष :  दिनेश गुरुङ्ग
महासचिव : उमाराज ढकाल
कोषाध्यक्ष : गोविन्दराज तिमिल्सिना
प्रवक्ता : सुन्दर रानाभाट

क्षेत्रीय समिति मड्रिड :
अध्यक्ष : सुजिल गोले
सचिव : सागर श्रेष्ठ

क्षेत्रीय समिति पाईस भास्कोस :

अध्यक्ष : कमला बराल
सचिव : खगेन्द्र बम

क्षेत्रीय समिति ग्रान कानारियास :

अध्यक्ष : पवनलाल राजभण्डारी
सचिव : श्याम कुमार खड्का

क्षेत्रीय समिति कोस्टा ब्लाङ्कास :

अध्यक्ष : सुरेन्द्र भुजेल थापा
सचिव : कमल पराजुली