घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपालमा आज सुनचाँदीको मूल्य घटेको छ । आइतवारको तुलनामा सुन तोलामा २ सय रुपैयाँले घटेर छापावाला सुन प्रति तोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै तेजावी सुन प्रति तोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतवारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले वृद्धि भइ १ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम ७४ हजार ७६० रुपैयाँ, तेजावी सुन ७४ हजार ३७५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार ५९ रुपैयाँ मूल्य कायम गरेको छ ।