एकैदिन मलेसियाबाट १२ नेपालीकाे शव ल्याइयो

एकैदिन मलेसियाबाट १२ नेपालीकाे शव ल्याइयो

काठमाडौं । आइतबार वैदेशिक रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाएका १२ युवाको शव नेपाल आइपुगेको छ । आजै यूएई र साउदीबाट थप ३ शव स्वदेश ल्याइँदै गरेको वैदेशिक रोजगार बोर्डका प्रशासन, योजना तथा अनुगमन शाखाका निर्देशक दीन वन्धु सुवेदीले बताए ।

नेपाल वायु सेवा निगमको जहाजमार्फत ल्याइएको १२ शवमध्ये बाग्लुङका चन्द्र बहादुर विक, भोजपुरका भुपाल पाण्डे, सुनसरीका विष्णु राजधामी र महेन्द्र प्रसाद मेहता रहेका छन् । यसैगरी महोत्तरीका देवेन्द्र कुमार यादव, नवलपरासीका नुम बहादुर लुङ्गेली मगर, गोर्खाका मेघ बहादुर कुँवर र सूर्य विक रहेका छन् भने पाँथरका सूर्य बहादुर चौहान,बाँकेका विनय कहर, झापाका उज्वल भुजेल र सर्लाहीका चन्द्र कुमार शाहको शव नेपाल आइपुगेको बोर्डले जनाएको छ ।

आइतबार शब बुझ्न उनीहरूको आफन्तसँगै पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पनि विमानस्थलमा पुगेका थिए।

विभिन्न मुलुकमा ज्यान गुमाएका नेपालीको शव ल्याउन निगमको वाइडबडीको भर पर्नुपर्छ ।’ निर्देशक सुवेदीले भने, ‘कोभिड –१९ का कारण नेपालबाट जाने यात्रुको कमी भएसँगै वाइडबडीले नियमित उडान गर्न नसक्दा विदेशबाट शव ल्याउन मुस्किल परेको छ ।’

बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को ८ महिनाको तथ्याङक अनुसार रोजगारीको क्रममा मलेसियामा ज्यान गुमाउनेको संख्या धेरै रहेको छ । उक्त तथ्याङक अनुसार आज नेपाल आइपुगेको १२ शव सहित मलेसियामा १ महिला सहित २२० जनाले ज्यान गुमाएका छन् ।



No ads found for this position