सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपालमा आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । छापावाला सुन प्रति तोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८६ हजार ९५० रुपैयामा कारोबार भइरहेको छ ।

आज चाँदी प्रति तोला १ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७४ हजार ९३० रुपैयाँ, तेजावी सुन ७४ हजार ५४५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार ६३ रुपैयाँ मूल्य कायम गरेको छ ।