काेरियामा भिसा सम्बन्धि नयाँ नियम

काेरियामा भिसा सम्बन्धि नयाँ नियम

सौल । दक्षिण कोरियामा विदेशी नागरिकका लागि नयाँ नियम लागू हुने भएको छ । कोरियाले विदेशी नागरिकलाई पासपोर्टको म्याद भएसम्म मात्रै आफ्नो देशमा बस्न पाउने नियम ल्याउन लागेको सौलस्थित नेपाली दूतावासले जनाएको छ ।

कोरियाको न्याय मन्त्रालयका अनुसार १ जुलाइबाट यो नियम लागू गरिनेछ । नियम अनुसार विदेशी नागरिकलाई भिसा दिँदा पासपोर्टको म्याद सकिन केहि दिन अगाडीसम्मको भिसा दिइनेछ । यसअघि कोरियाले भिसा दिँदा पासपोर्टको म्याद हेर्ने गरेको थिएन । तर कोरियाको स्थायी भिसा (F-5), प्रमाणित शरणार्थी भिसा (F-2-4) र ह्युमन निटारियन भिसा (G-1-6) मा भने यो नियम लागू नहुने मन्त्रालयले जनाएको छ ।

पासपोर्टको म्याद सकिएपछि नयाँ पासपोर्ट लिनुपर्ने हुन्छ । तर, कोरियाले पासपोर्टको म्यादभन्दा धेरै समयको भिसा दिँदा म्याद गुज्रिएको पासपोर्ट बोक्ने विदेशीको संख्या बढ्न थालेको छ । मन्त्रालयका अनुसार २०२० मा म्याद गुज्रिएको पासपोर्ट बोक्ने विदेशीको संख्या ९६ हजार १३० जना रहेको थियो ।