के तपाईँ रोजगारीको लागि साउदीमा हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी महत्वपूर्ण कुरा

के तपाईँ रोजगारीको लागि साउदीमा हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी महत्वपूर्ण कुरा

रियाद । रियादस्थित नेपाली दूतावासले सूचना जारी गर्दै यहाँ रहेका नेपाली श्रमिकलाई गर्न हुने र नहुने कार्यको बारेमा सचेत गराएको छ ।

साउदीले सामाजिक सञ्जालबारे लागू गरेको नियम, कामदारले करार तोडेर अवैध रुपमा काम गर्दा हुने जोखिम, ट्राफिक नियम, स्थानीय कानून, अनुशासनको उल्लघंन गर्दा आइपर्ने समस्याबारे दूतावासले जानकारी गराएको हो ।

साउदीमा कम्पनिको काममा वाधा पुग्नेगरी नाराजुलुस लगाउने, बन्द, धर्ना बस्ने, राजनैतिक गोष्ठि गर्ने जस्ता कार्य गैरकानूनी भएको जनाउँदै यी कुरामा सचेत रहनुपर्ने दूतावासको भनाइ छ । त्यस्तै करार सम्झौता विपरित अथवा कम्पनि छोडेर अवैध रुपमा काम गरिरहेको अवस्थामा दुर्घटनामा परी मृत्यु भएमा परिवार सामाजिक सुरक्षा बिमा रकम पाउनबाट वञ्चित हुने पनि दूतावासले जनाएको छ ।

साउदीमा ट्राफिक नियमको उल्लघंन गरी बाटो काट्दा कतिपय नेपाली कामदारले ज्यान गुमाएका छन् । त्यस्तै कतिले अंगभंग भएर नेपाल समेत फर्किनुपरेको छ । यसरी नियम उल्लघंन गरी दुर्घटनामा परेकाले क्षतिपूर्ति नपाउने जनाउँदै त्यसो नगर्न दूतावासले अनुरोध गरेको छ ।

रोजगारीका लागि साउदी आइपुगेका कामदारले सानो सानो कुरामा ध्यान नदिँदा ठूलो जोखिम मोल्नु परेकोल दूतावासले जनाएको छ ।

यस्ता छन् ख्याल गर्नुपर्ने महत्वपूर्ण कुरा