अमेरिकामा नेपाली दूतावासको घुम्ति कन्सुलर सेवा

अमेरिकामा नेपाली दूतावासको घुम्ति कन्सुलर सेवा

वासिङटन डिसी । अमेरिकास्थित नेपाली दूतावासले यहाँका विभिन्न राज्यहरुमा घुम्ति कन्सुलर सेवा सञ्चालन गर्ने भएको छ । शिविरमार्फत कन्सुलर सेवा प्रदान गर्ने भएकोले आवश्यक सेवा लिन सम्पूर्ण नेपाली सेवाग्राहीलाई दूतावासले आग्रह गरेको छ ।

दूतावासले इलिनोइ राज्यको शिकागो शहरस्थित आयोबा, विस्कन्सन, इन्डियाना, मिसिगन, केन्टकी, मिजौरी लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीका लागि यो शिविर सञ्चालन गर्न लागेको जनाएको छ ।

दूतावासका अनुसार सिकागो करि हाउसस्थित १७ र १८ अप्रिलमा शिविर सञ्चालन हुनेछ । सेवाग्राहीले विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सेवा लिन सक्ने दूतावासले जनाएको छ ।

कन्सुलर सेवा शिविरमार्फत सेवाग्राहीले निम्न सेवाहरु लिन सक्नेछन्,

१,राहदानी नविकरण (अप्रिल २०२२ सम्म बहाल अवधि रहेकाले नविकरण गर्न सक्ने)
२,भिसा
३,गैर आवासीय नेपाली परिचयपत्र
४,अधिकृत बारेसनामा
५,कागजात प्रमाणिकरण
६,एकतर्फी यात्रा अनुमतिपत्र (औचित्यको आधारमा)

माथि उल्लेखित सेवा लिन आवश्यक पर्ने कागजात, शुल्क र प्रक्रियाको बारेमा जानकारी लिन दूतावासको वेबसाइट us.nepalembassy.gov.np भिजिट गर्न दूतावासले आग्रह गरेको छ ।