घट्यो सुनचाँदीको मूल्य, प्रति तोला कति ?

घट्यो सुनचाँदीको मूल्य, प्रति तोला कति ?

काठमाडौं । आज पनि नेपालमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँले घटेर छापावाला सुन प्रति तोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबारको तुलनामा चाँदीमा प्रति तोला २० रुपैयाँले घटेर १ हजार १९५ रुपैयामा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ७३ हजार ३९० रुपैयाँ, तेजावी सुन ७३ हजार ५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बरारब १ हजार २४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।