सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । नेपालमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा छावापाला सुन प्रति तोला ५ सय रुपैयाँले घटेर ८६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८५ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमबारको तुलनामा चाँदी प्रति तोला १० रुपैयाँले घटेर १ हजार २१५ रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ७३ हजार ७३० रुपैयाँ, तेजावी सुन ७३ हजार ३४५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार ४१ रुपैयाँ ५० पैसा कायम गरेको छ ।