आगामी ४ दिनसम्म देशभरका सबै शिक्षण संस्था बन्द रहने

आगामी ४ दिनसम्म देशभरका सबै शिक्षण संस्था बन्द रहने

काठमाडौं । आगामी ४ दिनसम्म देशभरका विद्यालय बन्द हुने भएको छ । मौसममा देखिएको प्रतिकुलताका कारण विद्यालय बन्द गर्न लागिएको बारे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।

विगत केहि दिनदेखि वायुमण्डलमा देखा परेको अस्वभाविक वातावरणीय परिस्थितिका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पूर्व निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विश्वविद्यालय तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरुले भने स्वास्थ्य सजगता अपनाउँदै परिक्षा सञ्चालन गर्न सकिने जनाएको छ ।

साथै अभिभावकहरुलाई विद्यालय बिदा भएको समय बालबालिकालाई घरभित्रै रहने व्यवस्था गर्न समेत मन्त्रालयले अनुरोध गरेको छ ।