ओमनी नागरिक स्वर्गीय हार्थीको नाममा नेपाली दूतावासको सम्मान

ओमनी नागरिक स्वर्गीय हार्थीको नाममा नेपाली दूतावासको सम्मान

मस्कट । मस्कटस्थित नेपाली दूतावासले ओमनी नागरिक स्वर्गीय मोहम्मद अल हार्थीलाई मर्णाेपरान्त सम्मान गरेको छ । दूतावासले ‘नेपाल ओमन साहित्य र प्रकृति : स्वर्गीय श्री मोहम्मद अल हार्थीको अनन्त यात्राको शुभकामना’ नामक वेभिनारमार्फत सम्मान प्रदान गरिएको ओमनका लागि नेपाली राजदूत समिला  पराजुली ढकालले प्रवास खबरलाई बताइन् ।

स्वर्गीय हार्थीले काठमाडौं सेरोफेरोका पर्यटकीय गन्तव्यहरुको बारेमा आफ्नो नेपाल भ्रमणको अनुभव समेटेर अरबी भाषामा नियात्रा लेखेका थिए । हार्थीले नेपालको पर्यटन र साहित्यिक क्षेत्रमा पुर्याएको योगदान स्वरुप मरणोपरान्त सम्मान प्रदान गरिएको राजदूत पराजुलीको भनाइ छ ।

राजदूत पराजुलीले स्व. हार्थीको नाममा रहेको सम्मान पत्र उनकी छोरी, बाल चित्र पुस्तक लेखिका तथा प्रकाशक इब्तिहाज अल हार्थीलाई प्रदान गरेकी थिइन् । आफ्नो पिताको नाममा सम्मान प्रदान गरेकोमा उनले नेपाली दूतावासलाई धन्यवाद व्यक्त गरिन् ।

कार्यक्रममा ओमनी लेखिका अझहर अल हार्थीले स्व.हार्थीको नेपाल भ्रमण तथा लेखनको बारेमा केहि भनाई राखेका थिए । साथै हार्थिको नेपाल भ्रमण सम्बन्धी लिखित पुस्तकका अनुवादक डा. ईथान कोरिनले पुस्तकको बारेमा संक्षिप्त भनाई राखेका थिए । कार्यक्रममा दौरान राजदूतद्धारा स्व हार्थीको नाममा बनाइएको वेबसाइटको शुभारम्भ गरियाे ।

नेपालको तर्फबाट सहभागी मान्सी अग्रवालले नेपालको विविध प्राकृतिक वातावरण, जीव तथा वनस्पति लगायत विविध पर्यटकीय गतिविधिको बारेमा संक्षिप्त भिडियो सहित प्रस्तुति दिएका थिए ।

कार्यक्रममा प्रा. श्री तुलसी दिवसले नेपालका विविध संस्कृतिको बारेमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै भाषा, कला र विविध संस्कृतिले अनौपचारिक कूटनीतिमा पार्ने प्रभाव सम्बन्धमा समेत प्रकाश पारे। ओमनी नागरिक बैदा अल जद्जाली तथा जेनी मेक्गीलले आफ्नो साहसिक यात्राको बारेमा अनुभव बाँड्दै स्व। मोहम्मद अल हार्थीको लेखनबाट नेपालको बारेमा जान्ने मौका प्राप्त भएको बताए।

त्यसैगरी कार्यक्रममा सगरमाथा आरोही प्रथम ओमनी महिला नादिरा अल हार्थी, इन्टरनेशनल डिप्लोमेसी एण्ड प्रोटोकल अध्ययन संस्थानकी अध्यक्ष इनेस पिरेस, लेखिका लक्ष्मी कोथानेथ, शिक्षाविद् तथा महिला व्यावसायी म्यागी जीन्स ओ बि इ, समाजसेवी तथा २०१९ की ओमानी वर्ष महिला डा. राज्यश्री नारायनकुर्तीज्यू, ओमनको स्वास्थ्य मन्त्रालयबाट डा. अमिरा अल रैदान, नेपाली सोसल क्लबका अध्यक्ष विकल झालगायतले कार्यक्रममा आफ्ना भनाइ तथा अनुभव राखेका थिए।



No ads found for this position