एनआरएनए ओमनमा नयाँ कार्यसमिति, नेतृत्वमा विकल झा निर्विरोध

एनआरएनए ओमनमा नयाँ कार्यसमिति, नेतृत्वमा विकल झा निर्विरोध

काठमाडौं। गैरआवासीय नेपाली सोसल क्लब ओमनले नयाँ कार्यसमिति पाएको छ । शुक्रबार सम्पन्न साधरण सभाले विकल झाको नेतृत्वमा सिङ्गो कार्यसमिति नै सर्वसम्मतले चयन गरेको हो।

ओमनमा एनआरएनए त्यहाँको कानूनअनुसार एक सामाजिक संस्थाका रुपमा गैरआवासीय नेपाली सोसल क्लबको नाममा दर्ता छ । कानूनी रुपमा सोसल क्लबका नाममा दर्ता भएपनि सोसल क्लब नै आधिकारिक एनआरएनए हो।

झा नेतृत्वको नयाँ कार्यसमितिमा महेश चौधरी र सुरेश खड्का उपाध्यक्षमा चयन भएका छन् । त्यसैगरी, महासचिवमा रवीन शिल्पाकार, सचिवमा नरेन्द्र बराल, कोषाध्यक्षमा शुसान श्रेष्ठ र सहकोषाध्यक्षमा फुर्वा सांगे रुम्बा चयन भएका छन् ।

साधरण सभाले सुरज चित्रकारलाई युवा संयोजक र क्याप्टेन पुजा बस्नेतलाई महिला संयोजकको जिम्मेवारी दिएको छ । प्रवक्तमा भने महेन्द्र तिवारी चुनिएका छन्।

यसैगरी, सदस्यहरूमा लक्ष्मी प्रसाद कोइराला, साङ्गी जोगेबु, टिका दाहाल, बिन बहादुर बस्नेत, पारश्वर योगी, बिजेन्द्र सवार, रमेश सुन्दास, बिनोद कुमार दास, कन्चन पोख्रेल, शेरबहादुर बस्नेत र सुस्मा लिम्बू चयन भएका छन् ।

त्यस्तै निवर्तमान अध्यक्ष क्याप्टेन सेवन्त पुर्जालाई प्रमुख संरक्षकमा मनोनित गरिएको छ।

सदस्य संख्या थोरै भएता पनि ओेमन मध्यपूर्वको सबैभन्दा महत्वपूर्ण एनसीसी मानिन्छ । ओमनमा यसअघि पनि सर्वसहमतिमै कार्यसमिति गठन हुँदै आएका छन् । अन्य एनसीसीहरुमा नेतृत्वका लागि तछाड–मछाड हुनेगर्छ । तर, वर्षेनी सर्वसम्मत नेतृत्व चयन गरेर आफूमा मात्र नभएर विश्वभरका एनआरएनएमा राम्रो उदाहरण बन्दै आएको छ एनसीसी ओमन ।

निवर्तमान अध्यक्ष सेवन्त पुर्जाको अध्यक्षतामा भर्चुअल माध्यमबाट सम्पन्न साधरण सभाको सञ्चालन सुसिल पुन मगरले गरेका थिए । साधरण सभामा एनआरएनए आइसीसीदेखि विभिन्न एनसीसीका प्रतिनिधिहरु अथितिका रुपमा सहभागी थिए ।