भारतमा कोरोना संक्रमितको संख्या १ करोड १८ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ करोड १८ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा एकै दिन ५९ हजार ११८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा २५७ जना संक्रमितको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

कूल सङ्क्रमितमध्ये हाल चार लाख २१ हजार ६६ जना सङ्क्रमित अवस्थामै रहेका छन् । साथै कूल एक करोड १२ लाख ६४ हजार ६३७ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा गत जनवरीबाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म पाँच करोड ५० भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम जारी रहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ । परिषदका अनुसार सोमबारसम्म भारतमा २३ करोड ८६ लाख तीन हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । बिहीबार एकै दिन ११ लाख ७५६ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको परिषदले जनाइएको छ ।