कतारमा फेरि थपियो प्रतिबन्ध

कतारमा फेरि थपियो प्रतिबन्ध दोहा,कतार

दोहा । कतारले बढ्दो कोभिड –१९ को संक्रमणलाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाएको छ । मन्त्रीपरिषदले विपद व्यवस्थापनका लागि गठित सर्वाेच्च समितिको सिफारिसको आधारमा २६ मार्चदेखि लागू हुनेगरि प्रतिबन्ध लगाएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

कतारले लगाएको प्रतिबन्धसँगै समय समयमा जारी गर्ने निर्देशनको पूर्ण रुपमा पालना गरी कोभिड –१९ बाट सुरक्षित रहन दुतावासले सूचना जारी गरेको छ ।

दूतावासका अनुसार, कतारी नागरिक तथा अन्य बासिन्दाले सतर्कता र सुरक्षाका सम्बन्धमा ३३ बुँदे निर्देशन पालना गर्नुपर्नेछ । जसमध्ये जुनसुकै स्थान कार्यलय अथवा सार्वजनिक स्थलमा ५ जनाभन्दा बढी भेला हुन नपाइने नियम रहेको छ । यसैगरी सार्वजनिक पार्क, कर्निस लगाएतका स्थलहरु बन्द गर्ने निर्णय गरेको छ ।

व्यापारीक भवनहरुमा ३० प्रतिशत मात्रै क्रियाकलाप गर्न पाउनेछ भने १२ वर्षभन्दा मुनिका बालबालिकालाई उक्त स्थलहरुमा लैजान बन्देज गरिएको दूतावासले जनाएको छ ।

सवारी साधनमा चालकसहित ४ जनाभन्दा बढी यात्रा गर्न प्रतिबन्ध लगाएको छ । साथै जुनसुकै अवस्थामा स्वास्थ्य मापदण्ड अनुरुप मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछे घरबाट बाहिर निस्कदा चालु अवस्थामा रहेको इथेराज एप्लिकेसन हुनै पर्ने नियम रहेकोे छ ।