नेपाल र ओमनका विश्वविद्यालयबीच सहकार्य हुने

नेपाल र ओमनका विश्वविद्यालयबीच सहकार्य हुने

मस्कट । नेपाल र ओमनका विश्वविद्यालयबीच सहकार्य गर्ने सहमति भएको छ । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली र सुल्तान काबुस विश्वविद्यालयका उपकुलपति डा. फहाद अलजुलन्दा अल साइदिबीचको भेटमा उक्त सहमति भएको हो ।

सहकार्यको शुरूआत कृषि र पर्यटन क्षेत्रका विद्यार्थी आदानप्रदान गर्ने गरी कार्य अगाडि बढाउने सहमति भएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । अनुसन्धान तथा प्राज्ञिक विषयमा थप सहकार्यका लागि छलफल गर्ने सहमति भएको जनाइएको छ ।

सो अवसरमा विश्वविद्यालयका अन्तरराष्ट्रिय सहयोगसम्बन्धी सहायक उपकुलपति मोना फहाद अल साइदी, अन्तरराष्ट्रिय सहयोग कार्यालयका उपनिर्देश फात्माअल खुजैरी र नेपाली दूतावासका द्वितीय सचिव सोमेश थापा सहभागी थिए ।