जापानमा कोभिड–१९ को संक्रमण बढ्दो

जापानमा कोभिड–१९ को संक्रमण बढ्दो

टोकियो । जापानको राजधानी टोकियोमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । सरकारी अधिकारीहरूका अनुसार टोकियोमा बुधबार थप ४२० जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यससँगै टोकियोमा हालसम्म कूल सङ्क्रमितको संख्या एक लाख १८ हजार ४६१ पुगेको छ । टोकियोमा बुधबार दोस्रो पटक दैनिक सङ्क्रमितको संख्या ४०० नाघेको हो । अघिल्लो दिन ४०९ जनामा संक्रमण देखिएको थियो ।

सरकारी अधिकारीहरूका अनुसार राजधानी टोकियोमा गत मङ्गलबार ३३७ जना र सोमबार १८७ जना नयाँ सङ्क्रमित थपिएका थिए । टोकियो क्षेत्रमा लामो समयदेखि लागू गरिएको प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएपछि सङ्क्रमितको संख्यामा वृद्धि हुन थालेको हो ।

स्थानियअधिकारीहरूले भने सार्वजनिक र ठूला कार्यक्रमहरूका कारण सङ्क्रमण फैलिन थालेको दाबी गरेका छन् । पछिल्लो सात दिनमा औसतमा ३०९.७ जना नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

जापानमा अहिलेसम्म चार लाख ५७ हजार ७५४ जना सङ्क्रमित भएका छन् । त्यसैगरी कोरोना भाइरसबाट ८ हजार ८६१ जनाको मृत्यु भएको जापानका अधिकारीहरूले जनाएका छन् । कोरोना भाइरसबाट प्रभावित मुलुकहरूको सूचीमा जापान ३९औं नम्बरमा रहेको छ ।