सुनको मूल्य बढ्यो,चाँदीको मूल्य घट्यो

सुनको मूल्य बढ्यो,चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपालमा आज सुनको मूल्यमा बृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा छावापाल सुनमा प्रति तोला २ सयले बृद्धि भएर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधवारको तुलनामा चाँदी प्रति तोलामा १० रुपैयाँले घटेर १ हजार २३० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छावापाला सुन प्रति १० ग्राम बराबर ७४ हजार ५०५ रुपैयाँ, तेजावी सुन ७४ हजार १२० रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार ५४ रुपैयाँ५० पैसा कायम गरेको छ ।