दुबईका सहायक शासक तथा अर्थमन्त्री शेख हमदानको निधन

दुबईका सहायक शासक तथा अर्थमन्त्री शेख हमदानको निधन

दुबई । दुबईका सहायक शासक तथा अर्थमन्त्री शेख हमदान बिन रशीद अल मकतूमको बुधवार निधन भएको छ ।

उनी यूएईका उपराष्ट्रपति तथा दुबईका प्रधानमन्त्री शेख मोहम्मदका भाइ हुन् ।

स्वर्गीय शेख हमदान ९ डिसेम्बर १९७१ म यूएईको मन्त्रीमण्डल गठन हुँदादेखि नै अर्थमन्त्रीको पदमा थिए । उनले सरकारको अर्थ विकास र अर्थसम्बन्धी नीति निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले सरकारी संस्था, दुबई नगरपालिका, अल मकतूम फाउन्डेसन, दुबई नेचुरल ग्याँस कम्पनी लिमिटेड, दुबई वल्र्ड ट्रेड सेन्टरलगायतका संस्थाहरुमा उच्च पदमा रही काम गरेका थिए । यूएईको अर्थव्यवस्था र श्रम बजारलाई सुधार गर्न उनकाे याेगदान महत्वपूर्ण मानिन्छ।

शेख हमदानले २००६ मा रोयल ब्रिटिस कलेजबाट तिन तहको प्रमाणपत्र लिएका थिए । जसले उनलाई सम्मान पनि मिलेको थियो ।

उनलाई रोयल ब्रिटिस कलेज लन्डन, इडिनबर्ग र ग्लासगोले आन्तरिक चिकित्सकको फेलोसिप प्रदान गरेको थियो।