अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीबारे इक्यानको चासो

अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीबारे इक्यानको चासो

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल र विदेश मामिला विशेषज्ञ नारायण मैनालीसँग भेट गरेको छ ।

भेटघाटको क्रममा अष्ट्रेलियामा बसोबास गर्दै आइरहेका नेपालीको अवस्था, नेपाली विद्यार्थीले एनओसीका लागि भोग्नुपरेको समस्या र उनीहरुको अवस्था, नेपाल र अष्ट्रेलियाको नियमित उडान, एफडिआइसँग सम्बन्धीत मुद्धा लगाएतका विषयमा छलफल गरिएको इक्यान अध्यक्ष पाण्डेले जानकारी दिए ।

यसैक्रममा अष्ट्रेलियामा अध्ययन गर्ने जेहेन्दार विद्यार्थीका लागि छात्रवृद्धि सम्बन्धी छलफल गरिएको इक्यानका महासचिव दिपक राज भुषालले जानकारी दिएका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *