के तपाई जापान यात्रा गर्दै हुन्हुन्छ ? यस्ता छन् पालना गर्नुपर्ने नियम

के तपाई जापान यात्रा गर्दै हुन्हुन्छ ? यस्ता छन् पालना गर्नुपर्ने नियम

टोकियो । जापान सरकारले २२ मार्चमा कोरोना भाइरसको महामारी फैलिन नदिन टोकियो महानगर क्षेत्रमा लगाएको आपतकाल हटाएको छ । तर, सबै विदेशी यात्रीहरुमाथि प्रवेशमा लगाइएको प्रतिबन्ध समेतको विद्यमान यात्रा प्रतिबन्ध भने यथावत् रहनेछ ।

सरकारले कोभिड–१९ को संक्रामक प्रकार पुष्टि भएका देश वा क्षेत्रबाट फर्किएका जापानी नागरिक र विदेशी बासिन्दाका लागि क्वारेन्टाइन नियमहरु कसिलो बनाएको छ । तपाई यति बेला जापानको यात्रा आउँदै हुनु हुन्छ भने तपाईले थाहा पाउनु पर्ने केही कुराहरु निम्नानुसार छन्ः

– नव आगमनमा विद्यमान प्रतिबन्ध यथावत् छ । यसको अर्थ जापानी नागरिक र वैधानिक आवासीय हैसियत भएका विदेशी बासिन्दाहरुलाई मात्रै जापान पुनः प्रवेश गर्न दिइनेछ ।

– विदेशी यात्रीहरुमाथिको प्रतिबन्ध विद्यार्थी र व्यवसायिक यात्री समेत सबै नयाँ भिसा आवेदकमा लागु हुनेछ । ‘सर्टिफिकेट अफ एलिजिबिलिटी’ प्राप्त गरेकाहरुमाथि पनि प्रतिबन्ध रहेको छ । यद्यपि, आकस्मिक अवस्था र विशेष खालको अवस्था अन्तर्गत पर्नेहरुलाई भने अपवादमा रुपमा छुट पाउनेमा राखिएको छ । मार्च २२ सम्ममा जापानमा प्रवेशको अनुमति दिइनेहरुको सूचिमा रहेका छनः जापानी वा विदेशी बासिन्दाका जहान वा छोराछोरी, स्थानीय स्वास्थ्य संस्थामा जागिरका लागि आउन लागेका विदेशी मेडिकल कामदार, विश्वविद्यालयका प्राध्यापक र प्रशिक्षक र ९अगष्ट ३१ अघि नै जापान छाडेका० व्यक्तिहरु जसको पुनः प्रवेशको अनुमति विदेशमा रहँदा गुज्रिएको छ ।

– अन्तर्राष्ट्रिय यात्रीहरुले जापानका लागि हिड्नु अगाडि ७२ घन्टा भित्र कोभिड–१९ को परीक्षण गरेर परिक्षणको नतिजा नकारात्मक आएको प्रमाणपत्र यहाँ आइपुग्ने वित्तिकै पेश गर्नु पर्नेछ । आइपुगेपछि अर्को कोरोना परीक्षण हुनेछ । अनि यात्रीहरुले १४ दिनको क्वारेन्टिनमा बस्नु पर्नेछ । क्वारेन्टिनका नियमहरुको पालना गर्छु भन्ने सम्झौतका रुपमा एउटा प्रतिबद्धतामा पनि हस्ताक्षर गर्नु पर्नेछ । मार्च १९ देखि विमानसेवा प्रदायक कम्पनीहरुले कोरोना भाइरसको परीक्षण नकारात्मक नआएको व्यक्तिहरुलाई विमानभित्र बोर्ड गर्न नदिने भएका छन् ।

– मार्च १८ सम्ममा जापान प्रवेश गर्न लागेका यात्रीहरुले जापानका लागि हिड्नु अघि नै आफ्नो स्मार्टफोनमा तीन ओटा एप डाउनलोड गर्नु पर्नेछः ती एपहरु सरकारको कोभिड–१९ ‘कन्ट्याक्ट ट्रेसिङ एप’ ‘कोकोआ’, सरकारकै ‘ओस्सामा’ लोकेशन कन्फर्मेशन एप र ‘स्काइप’ हुन् । यात्रीहरुसँग स्मार्टफोन छैन भने विमानस्थलमा फोन भाडामा लिनु पर्नेछ ।

– कोरोना भाइरसको संक्रामक प्रकार देखिएका देश वा क्षेत्रहरुबाट आउनेहरुले भने सरकारले निर्धारण गरेको केन्द्रमा आफूलाई तीन दिन ‘सेल्फ आइसोलेशन’मा राख्नु पर्नेछ । तेस्रो दिनमा उनीहरुले अर्को कोभिड परीक्षण गर्नु पर्नेछ । यी क्षेत्रहरुमा अहिले अष्ट्रिया, बेल्जियम, ब्राजिल, बेलायत, चेक गणतन्त्र, डेनमार्क, इष्टोनिया, फ्रान्स, जर्मनी, हंगेरी, आयरल्यान्ड, इजरायल, इटली, लेबनन, लक्जेम्बर्ग, नेदरल्यान्ड्ज, नाइजेरिया, पाकिस्तान, पोल्यान्ड, स्लोभाकिया, दक्षिण अफ्रिका, स्वीडेन, स्वीटजरल्यान्ड र संयुक्त अरब इमिरेट्स रहेका छन् ।

– जापान आइपुगेर गरिने कोरोना भाइरसको परीक्षणको नतिजा नकारात्मक आउनेहरु १४ दिन क्वारेन्टाइन लागि घर वा आफ्नो बस्ने ठाउँमा जान सक्नेछन् । शहरमा जान सार्वजनिक यातायातका साधनको प्रयोग गर्ने दिइने छैन । यिनीहरुले विमानस्थलबाट बाहिर जान निजी कार, निर्धारित बस वा तोकिएका रेलहरुको प्रयोग गर्नु पर्नेछ ।

क्वारेन्टिनका संसोधित उपायहरु फेब्रुअरी ५ देखि लागू भएका हुन् । क्वारेन्टिनका नियमहरुको उल्लंघन गर्ने विदेशी बासिन्दालाई दण्डित गरिनेछ र आवासीय हैसियत नै खारेज पनि गर्न सकिनेछ । फेब्रुअरी १३ देखि क्वारेन्टिन कानून उल्लंघन गर्नेलाई जरिवाना तिराउन र कानूनी रुपमा दन्डित गर्न अधिकारीहरुलाई अनुमति दिइएको छ । यसमा एक वर्षको जेल सजाय वा १० लाख येनसम्म जरिवाना आदि रहेका छन् ।