अब नेपालबाटै डलरमा भुक्तान गर्न पाइने

अब नेपालबाटै डलरमा भुक्तान गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले डलर खाता नभएपनि डलरमार्फत भुक्तान गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले सूचना जारी गर्दै वार्षिक पाँच सय डलरसम्म भुक्तानी गर्न सक्ने व्यवस्था कार्यन्वयनमा आएको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार ‘क’ र ‘ख’ वर्ग बैंकका ग्राहकले डलर खाता नभएपनि यो सेवा लिन पाउनेछन् । यसका लागि बैंकमा ५ सय डलर वा सो बराबरको रकम परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड लिनुपर्ने हुन्छ । सो कार्डबाट वार्षिक पाँच सय डलरसम्म विदेशमा भुक्तान गर्न सकिनेछ ।

राष्ट्र बैंकले यो व्यवस्था कार्यन्वयनमा ल्याएसँगै अनलाइनमार्फत कारोबार गर्नेलाई सुविधा पुग्ने जनाएको छ । विदेशबाट वस्तु तथा सेवा आयात गर्दा डलरमा भुक्तानी गर्न समस्या हुने गरेकोमा यो व्यवस्था लागू भएसँगै सहजता आउने राष्ट्र बैंकले जनाएको छ ।