बढ्यो सुनचाँदीको भाउ, कति छ आजको मूल्य ?

काठमाडौं । आज नेपालमा सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । शुक्रबार प्रति तोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापालावाल सुनमा आज ५ सयले बृद्धि भइ ८७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन ८६ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको छ ।
शुक्रबार चाँदी तोलाको १ हजार २७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला ५ रुपैयाँले बृद्धि भएर १ हजार २८० रुपैयाँमा कारोबार भैरहेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम ७४ हजार ७६० रुपैयाँ, तेजावी सुन ७४ हजार ३७५ रुपैयाँ र चाँदी प्रति १० ग्राम १ हजार९७ रुपैयाँ ५० पैसा कायम गरेको छ ।
ताजा अपडेट

प्रवास खबर
त्रिभुवन विमानस्थलबाट फेरि ६ किलो सुन बरामद

प्रवास खबर
रुसी सेनामा झण्डै २ हजार नेपाली

प्रवास खबर