जापानमा ७.२ म्याग्निच्युटको भूकम्प , सुनामीको चेतावनी
टोकियो । जापानमा भुकम्प गएको छ । मियागी प्रिफेक्चर केन्द्रबिन्दु भएर ७.२ म्याग्निच्युटको भूकम्प गएको हो ।
जापानको भूकम्प मापन सम्वन्धि संस्था मेटोरोलोजिकल एजेन्सीका अनुसार भूकम्प ६० किलोमिटर गहिराई केन्द्रभएर गएको हो ।
भूकम्पपछि १ मिटरसम्म अग्लो सामुन्द्रिक छाल सहितको सुनामीको चेतावनी जारी गरिएको छ । मौसम अधिकारीहरुले मियागी प्रिफेक्चरको सामुन्द्रिक किनार आसपासका नागरिकलाई तत्काल घर छाडेर अन्यत्र अग्लो स्थानमा जान भनेका छन् ।
यसैगरी घरमा आगो नबाल्न, विद्युतीय सामग्री जोहो गरेर राख्न, अनुरोध गरिएको छ । भूकम्पपछि पुन यही मापन बराबरको पराकम्पन जाने सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ ।
भूकम्पपछि कयौं स्थानमा विद्युत आपुर्ती तथा खाने आपूर्ती अवरुद्ध हुन पुगेको र विस्तृत विवरण आउनेक्रम जारी रहेको एनएचके समाचार संस्थाले उल्लेख गरेको छ ।