पूर्वी अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनामा परी नौको मृत्यु

पूर्वी अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनामा परी नौको मृत्यु सांकेतिक तस्बिर

काबुल । अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको हेलिकप्टर दुर्घटना हुँदा नौं जनाको मृत्यु भएको छ । बुधवार राती वार्दाक प्रान्तको बिहसुद जिल्लामा दुर्घटना भएको बारे रक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेको छ । दुर्घटनामा चालक दलका चार सदस्य र पाँच अफगान राष्ट्रिय सेनाको मृत्यु भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

सेनाले दुर्घटनाको विषयमा अनुसन्धान गरिरहेको र सत्यतथ्य विवरण बाहिर आएपछि जारी गर्ने विज्ञप्तिमा जनाइएको छ । गत नोभेम्बरमा पूर्वी प्रान्त नान्र्गाहरमा सेना हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा अफगान वायु सेनाका दश सदस्य मारिएका थिए ।