उकालो लाग्यो सुन चाँदीको मूल्य

उकालो लाग्यो सुन चाँदीको मूल्य

काठमाडौं । आज नेपालमा सुनचाँदीको मूल्यमा बृद्धि भएको छ । बुधबारको तुलनामा छापावाला सुन प्रति तोला ३ सय रुपैयाँले बृद्धि भएर ८७ हजर २ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी तेजावी सुन प्रति तोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको छ ।

साथै बुधबारको तुलनामा चाँदीमा प्रति तोला २० रुपैयाँले वृद्धि भएर १ हजार २९० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छावापाल सुन प्रति १० ग्राम बराबर ७५ हजार ७६० रुपैयाँ, तेजावी सुन प्रति १० ग्राम ७४ हजार २७५ रुपैयाँ र चाँदी प्रति १० ग्राम बराबर १ हजार १०६ रुपैयाँ मूल्य कायम गरेको छ ।