अफगानिस्तानमा बम विस्फोटमा परी पाँच महिला र एक बाललको मृत्यु

अफगानिस्तानमा बम विस्फोटमा परी पाँच महिला र एक बाललको मृत्यु सांकेतिक तस्बिर

काबुल । अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । गत सोमबार साँझको व्यस्त समयमा भएको यस बम विस्फोटमा परी पाँच महिला र एक बालकको मृत्यु भएको छ । साथै अन्य १७ घाइते भएका मन्त्रालयका प्रवक्ता नसरतुल्लाह नसेरीले बताएका छन् ।

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । यद्यपी यस बम आक्रमणको तालिबान लडाकू समूहले पनि कुनै टिप्पणी गरेका छैनन् ।

गत आइतबार राजधानी काबुलमा भएको दुईवटा बम विस्फोनमा तीन जना सर्वसाधारणको मृत्यु हुनको साथै एक दर्जन भन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ताको बावजुद पनि पत्रकार, कार्यकर्ता र सरकारी कर्मचारीहरू विरुद्धको हत्या जारी रहेको बताइएको छ । हाल केही महिना यता अफगानिस्तानमा हिंसा बढेको छ ।

अफगानिस्तानका सर्वसाधारणलाई जानाजानी लक्षित गरी हमला गर्ने डरलाग्दो संख्याका गत साता संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ ।