तेस्रो दिन पनि सुनको मूल्य यथावत, चाँदीको मूल्य बृद्धि

तेस्रो  दिन पनि सुनको मूल्य यथावत, चाँदीको मूल्य बृद्धि

काठमाडौं । नेपालमा आज पनि सुनको मूल्य स्थिर रहेको छ । छापावाला सुन प्रति तोला ८६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ८६ हजार १५० रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमबारको तुलनामा चाँदी प्रति तोला ५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँमा कारोबार भैरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम ७४ हजार २४५ रुपैयाँ, तेजावी सुन ७३ हजार ८६० रुपैयाँ र चाँदी प्रति १० ग्राम १ हजार ९७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।